काठमाडौं २ गठबन्धनबाट वर्षमान पत्नी ओनसरी घर्ती उम्मेदवार

काठमाडौं २३ असोज। माओवादी उपमहासचिव वर्षमान पुन पत्नप्ी तथा पूर्वसभामुख ओनसरी घर्ती मगरलाई सत्ता गठबन्धनबाट साझा उमेदवार बनाएको छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा आफ्नो भागमा परेको काठमाडौं क्षेत्र नम्बर २ मा घर्तीलाई उम्मेदवार बनाउने भएको हो।
काठमाडौं २ मा ओनसरीसँगै कृष्णराज सुवेदी पनि उम्मेदवार बन्ने दौडमा थिए । तर पूर्व सभामुख घर्ती मगरलाई टिकट दिइएको छ।

केही समय अघि घर्तीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफू प्रत्यक्ष निर्वाचन लड्न तयार रहेको बताएकी थिइन्।

घर्ती २०७० को निर्वाचनमा रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी थिइन्।
उनी २०७० मा उपसभामुख र २०७२ मा सभामुख भएकी थिइन्।
२०७४ को निर्वाचनमा भने घर्ती समानुपातिक तर्फबाट सांसद बनेकी हुन्। उनी अन्तरिम संसद र पहिलो संविधान सभामासमेत सांसद बनेकी थिइन्।
पहिलो संविधान सभाको कार्यकालमा केही समय उनी खेलकुद मन्त्री बनेकी थिइन्।
माओवादी केन्द्रको स्थायी कमिटी सदस्य रहेकी घर्तीले भूमिगतकालमा पूर्वका धेरै जिल्लामा रहेर काम गरेकी थिइन्। उनी सोलुखुम्बु, काभ्रे र ललितपुरको समेत पार्टी इन्चार्ज भइसकेकी छन्।
घर्तिका पति पुन रोल्पाबाट प्रत्यक्ष उमेदवार बन्ने भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति