तनहुँ १ मा पौडेल, तनहुँ २ मा शंकर भण्डारी उठ्ने

तनहुँ, २३ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले दुवै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । शनिबार राति मात्रै कांग्रेसले उम्मेदवार टुंगो लगाएको हो ।

कांग्रेसले तनहुँ क्षेत्र नम्बर १ मा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै क्षेत्र नम्बर २ मा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । क्षेत्र नम्बर २ का कारण उम्मेदवार चयनमा ढिलाइ भएको कांग्रेस तनहुँले जनाएको छ ।

कांग्रेसले दुवै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहोर्‍याएको छ । कांग्रेसले प्रदीप पौडेललाई काठमाडौँ क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ । विसं २०७४ को निर्वाचनमा पौडेल र भण्डारी पराजित भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति