सिट बाँडफाँटमा सहमति जुटाउन कांग्रेस र लोसपाका नेता ७ घण्टादेखि बालुवाटारमा छलफल

काठमाडौं : आगामी निर्वाचनमा सिट बाँडफाँटको विषयमा सहमति जुटाउन नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु निरन्तर छलफलमा जुटिरहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सिट बाँडफाँटको विषय टुङ्ग्याउने गरी नेताहरु सकारात्मक प्रयासमा रहेको लोसपाका नेता केशव झाले जानकारी दिए । उनले भने, ‘उहाँ (नेताहरु) सात घण्टादेखि निरन्तर छलफलमै हुनुहुन्छ । सिट बाँडफाँटको टुङ्गो लगाएर मात्रै फर्किनुहुन्छ ।’

सत्ता गठबन्धनको सहयात्री दल जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोसपा गठबन्धनमा सहभागी भएको छ । छलफलमा कांग्रेसकातर्फबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू सहभागी छन् भने लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु शरत्सिंह भण्डारी, अनिल झा, जितेन्द्र सोनाललगायत सहभागी छन्। 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति