घनश्याम भुसाललाई रुपन्देही १ बाट चुनाव लड्न माओवादीको प्रस्ताव

काठमाडौं । एमाले परित्याग गरेको घोषणा गरेका एमालेका विद्रोही नेता घनश्याम भुसाललाई नेकपा माओवादीले गठबन्धनमा आफ्नो भागमा परेको रुपन्देही क्षेत्र नम्बर १ बाट चुनाव लड्न प्रस्ताव गरेका छन् ।

भुसाल क्षेत्र नम्बर १ मा चुनाव लड्न आएको खण्डमा गठबन्धनले अर्को उम्मेद्वार नउठाउने माओवादीको प्रस्ताव छ। यसो गर्दा भुसाललाई माओवादीसहित नेपाली कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ रहनेछ।

‘माओवादीले क्षेत्र नम्बर १ मा चुनाव लड्न प्रस्ताव गरेको साँचो हो,’ भुसाल निकट एक नेताले भने, तर उहाँले कुनै निर्णय गरिसक्नुभएको छैन। विभिन्न विकल्पमाथि छलफल भइरहेको छ।’

केपी ओलीको नेतृत्वमा नेकपा एमाले नसुध्रने निष्कर्ष निकाल्दै भुसालले शनिबार एमाले परित्याग गरेका छन्। अब उनी रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लड्न सक्ने सम्भावना बढेको स्रोतले बतायो।

रुपन्देही क्षेत्र नम्बर १ मा नेकपा एमालेले छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ। क्षेत्र नम्बर ३ मा भने भुसालले पाउनुपर्ने टिकट खोसेर राप्रपाका दीपक बोहोरालाई दिइएको छ। बोहोरासँग कांग्रेस नेता बालकृष्ण खाँडको प्रतिस्पर्धा हुनेछ।

एमाले नेता विष्णु पौडेलको निर्वाचन क्षेत्र नम्बर २ एकीकृत समाजवादीको भागमा परेको छ।

भुसाल रुपन्देही १ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेको खण्डमा उनलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत सत्तारुढ गठबन्धनको साथ रहनेछ। तर, अब उनी एमालेको उम्मेदवारका रुपमा नभएर अब गठबन्धनको साझा उम्मेद्वारका रुपमा मैदानमा खडा हुने छन्।

रुपन्देही १ सत्तारुढ गठबन्धनमा माओवादीको भागमा परेको क्षेत्र हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति