काठमाडौँ, २२ असोज । सत्तारूढ दल नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा एवम् प्रदेशसभा निर्वाचनका लागि १० सिटको उम्मेदवार टुंग्याएको छ । शुक्रबार राति बसेको बैठकले प्रधानमन्त्री देउवासहित १० सिटको उम्मेदवार टुंग्याएको हो ।
जसमा सभापति शेरबहादुर देउवा डडेलधुराबाट चुनाव लड्नेछन् । त्यसबाहेक दार्चुलामा दिलेन्द्र बडू, बाजुरामा बद्रीप्रसाद पाण्डे, अछाम–२ मा पुष्प शाह, मुगुमा ऐनबहादुर शाही, मनाङमा टेकप्रसाद गुरूङ, तेह्रथुममा सीता गुरूङ र धनकुटामा सुनिल थापालगायत उम्मेदवार टुंगो लगाइएको कांग्रेसले जनाएको छ ।
त्यस्तै, प्रदेशसभातर्फ जुम्ला ‘ख’मा ललितजंग शाही, तेह्रथुम ‘क’ मा सन्तोष सुब्बा र ताप्लेजुङ ‘ख’ मा खगेनसिंह हाङ्वाङको टिकट सुनिश्चित भएको छ ।
बाँकी क्षेत्रमा शनिबारको बैठकले टुंगो लगाउने बताइएको छ । आसन्न प्रतिनिधिसभा एवम् प्रदेशसभा निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया