एकीकृत समाजवादीले टुंग्यायो प्रतिनिधिसभामा चुनाव लड्ने १९ उम्मेदवार (सूचीसहित)

काठमाडौँ, २२ असोज । नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षतर्फ निर्वाचन लड्ने १९ जना उम्मेदवार टुंग्याएको छ ।

शुक्रबार राति बसेको सत्तारूढ गठबन्धनको बैठकले सिट बाँडफाँड टुंगो लगाएपछि एकीकृत समाजवादीले पनि प्रतिनिधिसभातर्फका आफ्ना उम्मेदवार टुंग्याएको हो ।

यस्तै, एकीकृत समाजवादीले प्रदेशसभातर्फका उम्मेदवारको पनि टुंगो लगाएको छ । जसमा कञ्चनपुर–२ प्रदेशसभा ‘क’ र क्षेत्र नम्बर ३ को ‘ख’ मा भने टुंगो लगाएको छैन । त्यहाँ छलफल जारी रहेको बताइएको छ ।

एकीकृत समाजवादीले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने तत्कालीन चार जना सांसदमध्ये दुई जनालाई मात्र समेटेको छ । चार जनामध्ये डोल्पाका नन्दसिंह बुढा केही दिनअघि एमालेमा प्रवेश गरिसकेका छन् ।

कालीकोटका कुर्मराज शाही भने प्रतिनिधिसभा र प्रदेशसभाका लागि अटाएका छैनन् ।

यी हुन् एकीकृत समाजवादीका प्रत्यक्षतर्फका उम्मेदवार
झलनाथ खनाल– इलाम (१)
जगन्नाथ खतिवडा– उदयपुर (२)
माधवकुमार नेपाल– रौतहट (१)
किसान श्रेष्ठ– बारा (४)
जीवनराम श्रेष्ठ– काठमाडौँ (८)
कृष्णलाल महर्जन– ललितपुर (२)
राजेन्द्र पाण्डे– धादिङ (१)
विरोध खतिवडा– मकवानपुर (२)
श्रीनाथ बराल/शिवजी गुरूङ– कास्की (२)
रामकुमारी झाँक्री– गुल्मी (२)
सोमप्रसाद पाण्डे– पाल्पा (२)
राजु गुरूङ– रूपन्देही (२)
मेटमणि चौधरी– दाङ (१)
प्रकाश ज्वाला– सल्यान
धनबहादुर बुढा– डोल्पा
अम्बरबहादुर थापा– दैलेख (१)
शेरबहादुर कुँवर– अछाम (१)
भानुभक्त जोशी– बझाङ
प्रेमबहादुर आले– डोटी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति