थाइल्यान्डको एक शिशु स्याहार केन्द्रमा अन्धाधुन्ध गोली चल्दा ३४ को मृत्यु

काठमाडौँ २० असोज । थाइल्याण्डको उत्तर–पूर्वी सहर नोङ बुआ लम्फुस्थित एक प्री(स्कुल शिशु स्याहार केन्द्रमा पूर्वप्रहरीले अन्धाधुन्ध बन्दुक चलाउँदा कम्तीमा थाइल्यान्डको एक शिशु स्याहार केन्द्रमा अन्धाधुन्ध गोली चल्दा ३४ को मृत्यु जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले उल्लेख गरेको छ । घटनास्थल राजधानी बैंककभन्दा करिब ५०० किलोमिटर उत्तर ग्रामिण क्षेत्रमा पर्छ ।

प्रहरीका अनुसार मृतकमा बालबालिका र वयश्य दुवै छन् भने बन्दुक चलाउने व्यक्ति हाल फरार छन् । आक्रमणकारीले गोली चलाउनुका साथै चक्कुसमेत प्रहार गरिएको बताइएको छ । आक्रमणकारीको उद्देश्यबारे केही थाहा हुन नसकेको पनि बीबीसीले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणकारी सेतो रंगको टोयोटाको पिकअप गाडीमा भागेका छन् ।

बीबीसीले नै एएफपीलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार मृतकमध्ये २३ जना बालबालिका रहेको त्यहाँका उच्च प्रहरी अधिकारीले दाबी गरेका छन् ।

साथै, बीबीसीका अनुसार आक्रमणकारी पूर्व प्रहरी लागुऔषध प्रयोगकर्ता रहेको पाइएपछि प्रहरीले गत वर्ष मात्रै बर्खास्त गरेको थियो । थाइ सञ्चार माध्यमका अनुसार भने उनले आफ्नो श्रीमती तथा बच्चाको समेत हत्या गरेका छन् भने उनी मृत फेला परेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति