काठमाडौँ, २० असोज । कतारमा हुन गइरहेको विश्वकप फुटबलको सुरक्षा सहयोग गर्नका लागि टर्कीले आफनो प्रहरी पठाउने भएको छ ।
टर्कीको संसद्ले सोसम्बन्धी कानुन बुधबार पास गरेसँगै कतार विश्वकपको सुरक्षा जिम्मा टर्कीले पनि पाउन लागेको हो । टर्कीले आफ्नो प्रहरी कतार पठाउने विषयमा संसद्मा शनिबार प्रस्ताव ल्याएको र सोसम्बन्धी प्रस्ताव बुधबार पारित भएलगत्तै टर्की प्रहरीलाई कतार विश्वकपमा सुरक्षा गर्ने कानुनी बाटो खुलेको हो ।
कतारले टर्कीसँग सुरक्षा सहयोगका लागि अनुरोध गरेको थियो र सो लगत्तै कतारमा हुने विश्वकप फुटबलमा सहयोगका लागि टर्कीले प्रहरी पठाउने कानुन पारित भएको जानकारी दिएको छ ।
उक्त प्रस्ताव अनुसार टर्कीले कतारमा छ महिनासम्मका लागि प्रहरी पठाउने छ । टर्कीले कतारमा के कतिजना सेना पठाउने भन्ने बारेमा भने केही पनि बताइएको छैन । कानुन पारित भएलगत्तै कतार विश्वकपको जिम्मेवारी लिनका लागि टर्की प्रहरीले तयारी सुरु गरेको छ । कतार विश्वकप आगमी ४ मंसिरदेखि सुरु हुँदै छ ।
प्रतिक्रिया