भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले लगाएनन् टीका

काठमाडौं असोज १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका लगाएनन्।

भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरुलाई पनि टीका नलगाइदिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन। भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाइदिएका हुन्।
रासस

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति