ओलीले बालवालिकालाई टिका लगाइदिएर दशैंको सुरुवात गरे

काठमाडौं १९ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विजया दशमीको अवसरमा बालबालिकालाई टीका लगाइदिएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले दमकस्थित आफ्नै निवासमा बालबालिकाहरूलाई टीका लगाइदिएको उनको सचिवालयले जनाएको छ।

उनी केही दिनअघि दशैं मनाउन धर्मपत्नी राधिका शाक्यसहित गृह नगर दमक पुगेका छन् ।

ओलीले दमकमा आफ्ना बुवा मोहनप्रसाद ओलीसँग टीका लगाएर अन्य सर्वसाधरणलाई पनि लगाइदिने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति