सिट बाँडफाँड टुंगो लगाउन बैठक ३ बजे बस्ने

काठमाडौँ, १८ असोज । सिट बाँडफाँडको टुंगो लगाउनका लागि सत्तारुढ गठबन्धनको बैठक ३ बजे बस्ने छ ।

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले आगमी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बााडफाँड गरी उम्मेदवारी दिने विषयमा छलफल ३ बजे बस्ने बस्न लागेको हो । झन्डै दुई महिनादेखि जारी प्रयासले आज अन्तिम रुप लिने नेताहरुले बताएका छन् ।

गठबन्धनको मुख्य सहयोगी जनता समाजवादी पार्टी, नेपालले गठबन्धन भन्दा बाहिर पनि विकल्प खोज्ने निर्णय गरेको केही दिनमा नै बसिरहेको बैठकले प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने पार्टीको नाम टुंगो लगाउने बुझिएको छ ।

हालसम्म नेपाली कांग्रेसले ८५, नेकपा (माओवादी केन्द्र)ले ४४, नेकपा (एकीकृत समाजवादी)ले १५, ,जनता समाजवादी पार्टी (जसपा)ले १३ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्र पाउने गरी छलफल भइरहेको नेताहरुले बताएका छ् । यसै सेरोफेरोमा आज सहमति गराउन सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति