मोहम्मद दर्जीकाे हत्यामा संलग्न रहेको आरोपमा तीन पक्राउ

काठमाडौँ, १५ असोज । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट उद्योगका सञ्चालक सर्लाहीका ५८ वर्षीय मोहम्मद दर्जीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ।

यही असोज ३ गते राति मोटरसाइकलमा आएका एक समूहले गोली प्रहार गरी उनको हत्या गरेर फरार भएका थिए ।

उक्त घटनाका सम्बन्धमा प्रहरीको विशेष टोलीद्वारा अनुसन्धानका विधि र प्रविधि प्रयोग गरी अनुसन्धान गर्ने क्रममा उक्त घटनामा संलग्न रहेको खुलेपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतकुमार बोहराले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा पर्साको वीरगञ्जका २१ वर्षीय महोरम मिया, सोही जिल्लाका १९ वर्षीय रेहान मिया र मकवानपुरको बकैया घर भई काठमाडौँ बस्ने सुमी भन्ने सुस्मिता स्याङ्तान छन् । उनीहरुमध्ये महोरम र रेहान भने सो घट्नाका योजनाकार र हतियार व्यवस्थापक रहेको खुल्न आएको छ ।

स्याङतान भने दर्जीको गतिविधि निगरानी गर्ने कार्यमा संलग्न रहेको पाइएको छ । उनीहरु यसअघि चोरी मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरेका व्यक्ति खुलेको छ । उनीहरूविरुद्ध ‘मुलुकी अपराधसहिता २०७४को परिच्छेद–१२ को ज्यानसम्बन्धी कसूर’ मा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति