नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको इन्डोनेसिया सरुवा

काठमाडौं १५ असोज । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको सरुवा भएको छ।

बेइजिंगस्थित चिनिया कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभाग सम्वद्ध स्रोतका अनुसार राजदूत होउ यान्छी चीनका लागि दक्षिण पुर्वी एसियाली देशहरूको सङ्गठन आसियान हेर्नेगरि इन्डोनेसियाको राजदूत बन्न लागेकी हुन।

उनी यो वर्षको अन्त डिसेम्बर अघि नै नेपालबाट बिदा हुनेछिन्। नेपालका लागि नयाँ चिनियाँ राजदूतको नियुक्ति प्रक्रिया सुरु भइसकेको बताइएको छ । स्रोतका अनुसार तत्कालीन ओली सरकारले संसद विघटन गरेसगै राजदूत होउको सरुवा गर्न विदेश मन्त्रालयले खोजेपनि उनले थप समयको माग गरेका कारण यो एक वर्ष लम्विएको हो ।

होउ सन् २०१८ मा राजदुतको कार्यभार सम्हाल्न नेपाल आएकी थिइन्।
तत्कालीन नेकपा सरकार र नेताहरुसंगको सम्वन्ध विदेशी मिडियाका लागि समेत निकै ठूलो राजनीतिक खजना बन्दै आएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति