उपत्यकामा ३२ सय ९६ जना चालकमाथि कारबाही

काठमाडौँ, १० असोज । ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार २९६ जना चालकहरूलाई आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २८० जना, हर्नको अनावश्यक प्रयोग गर्ने १५० जना, मदिरा पिएर सवारी साधन चलाउने १४४ जना र ढोका खुल्लै राखेर सवारी चलाउँदै गरेका १०९ जना चालक रहेका छन् ।

यस्तै, तीव्र गतिमा सवारी साधन चलाउने ९८ जना, सडक लेन उल्लंघन गर्ने ८१ जना, रातो बत्तीको उल्लंघन गर्ने ६९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ६८ जना चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार एकतर्फी सडकमा सो विपरीत चलाउने ५० जना र क्षमताभन्दा बढी यात्रु राख्ने २५ जना चालक पनि कारबाही परेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति