नेदरल्यान्ड्स नेसन्स लिगको फाइनल चरणमा

काठमाडौँ, १० असोज । भर्जिल भान डाइकको निर्णायक गोलमा बेल्जियमलाई १–० ले निराश पार्दै नेदरल्यान्ड्सले आगामी वर्ष हुने युइएफए नेसन्स लिगको फाइनलमा स्थान बनाएको छ ।

बिहीबार पोल्यान्डमाथिको जितपछि नेदरल्यान्ड्सले समूह विजेताको रुपमा फाइनल प्रवेश गर्ने सम्भावना बलियो पारेको थियो ।

फाइनल प्रवेशका लागि नेदरल्यान्ड्सलाई आइतबार बेल्जियमविरुद्ध फराकिलो हार टार्नु थियो । ७३औँ मिनेटमा भान डाइकले गरेको गोल डेनमार्कको फाइनल यात्रा तय गर्नका लागि पर्याप्त बन्यो ।

लिग ‘ए’ ग्रुप ४ मा नेदरल्यान्ड्स ६ खेलमा १६ अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको बेल्जियमको समान खेलमा १० अंक रह्यो । तेस्रो स्थानको पोल्यान्डको सात अंक रह्यो भने चौथो स्थानको वेल्सको मात्र एक अंक रह्यो ।

यता पोल्यान्डसँग १–० को हारपछि वेल्स भने लिग ‘बी’ मा घटुवा भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति