यस्तो छ सोलुखुम्बु प्रहरीको दशै सुरक्षा योजना

सल्लेरी । नेपालीहरुको महान चाड दशै, तिहार जस्ता ठूला चाडपर्वका लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।

नेपाल प्रहरीमा अव्वल छवि बनाउँदै आएका डीएसपी सुनिल जंग शाहको कमाण्डमा रहेको सोलुखुम्बु प्रहरीले शनिवारदेखि नै लागू गर्ने गरी सुरक्षा योजना सार्वजनिक गरेको हो ।

अन्य सुरक्षा संयन्त्रसँग समेत समन्वय गरी चाडपर्वमा अप्रिय घटना हुन नदिन प्रहरी परिचालनको योजना बनाएको छ ।

चाडपर्वमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्नका लागि गाउँघरसम्मै प्रहरी गस्ती परिचालन गरिने भएको छ । ठाउँ–ठाउँमा सरप्राइज चेकिङको समेत व्यवस्था मिलाइएको सोलु प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति