सत्ता गठबन्धनले १२७ सिटमा सहमति, ३८ सिट अझै विवादित

काठमाडौं ५ असोज । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा तर्फको १ सय २७ सिट बाँडफाँटमा सहमति जुटाएको दावी गरेको छ ।

बुधबार विहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी गठबन्धनका शीर्ष नेता, सिट बाँडफाँटका लागि बनेको कार्यदलका सदस्यबीचको संयुक्त छलफलमा लगभग ७७ प्रतिशतमा सहमति जुटाएका हो।

कार्यदलका एक सदस्य अनुसार खाना खानुअघि जुटेको सहमतिलाई मूर्तरुप दिन फेरि छलफल बसिरहेको छ।

बैठकले समझदारी बनिसकेको विषयलाई निर्णय गर्ने दावी गरेका छन् ।

सर्वदलीय समझदारी जुटेकामध्ये नेपाली कांग्रेस ६५, नेकपा माओवादी केन्द्र ४०, नेकपा एकीकृत समाजवादी १२, जनता समाजवादी पार्टी (जसपा) ९ र राष्ट्रिय जनमोर्चाको १ क्षेत्र छ।

प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्रमध्ये अब ३८ क्षेत्रमा चार दलका आआफ्ना दावी छन् ।

बालुवाटारमा बसिरहेको बैठकमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल छन्।

यस्तै, सिट बाँडफाँट कार्यदलका ११ जना सदस्य सहभागी छन्।

२ र ३ असोजमा समानुपातिक तर्फको उम्मेदवारको बन्द सूचि निर्वाचन आयोगमा बुझाएर शीर्ष र कार्यदलले मंगलबारबाट प्रत्यक्ष तर्फको छलफल थालेको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति