राष्ट्रपतिबाट संविधानको उल्लंघन भयो : श्रेष्ठ

काठमाडौं ५ असोज । नेकपा माओवादी केन्द्रले नागरिकता विधेयक प्रमाणीकरण अस्वीकार गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको गरिमामा आघात पुर्‍याएको भनेको छ।

प्रतिनिधिसभाले दोस्रो पटक प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपतिले अस्वीकार गर्नु संविधानको उल्लंघन भएको निष्कर्ष पार्टीको रहेको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।

‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको गरिमालाई पालना भएन। उहाँबाट संविधानको गरिमा विपरित अघि बढ्ने यस ढंगको परिकल्पना हामीले गरेका थिएनौँ’, उनले सेतोपाटीसँग भने, ‘विधेयकका अन्तर बस्तुका विषयमा अहसमति हुनसक्छ। हामीले उठाएका सवालसँग पनि उहाँका कतिपय विषय मिल्छन् तर मुख्य कुरा संविधानको पालना हो। उहाँबाट संविधानको उल्लंघन भयो।’

भदौ २० मा प्रतिनिधिसभाबाट दोस्रो पटक पारित भएर नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको थियो।

दोस्रो पटक पुगेको विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यता भए पनि राष्ट्रपति भण्डारीले मंगलबार राति १२ बजेको समयसीमा भित्र पनि पारित नगरेकी हुन्।

राष्ट्रपतिको कदमबारे सत्ता गठबन्धनको बैठकमा छलफल हुने श्रेष्ठले बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति