नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानवादकै हुर्मत लिइन् : अर्जुननरसिंह केसी

काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानवादकै हुर्मत लिएको टिप्पणी गरेका छन् ।

संसद्का दुर्व सदनले दुई दुईपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिले दोस्रोपटक पाएको १५ दिनको समयसीमा (मंगलबार राति १२ बजे) पनि गुजारेकी हुन् ।

नागरिकता विधेयक सही र गलत छुट्याउने जिम्मेवारी जनता, संसद् तथा सरकारको भएको उल्लेख गर्दै नेता केसीले राष्ट्रपतिले संविधानको उल्लंघन गरेको बताएका छन् ।

“नागरिकता विधेयक कति सही र गलत छन् ? यो जनताको विवेकले ठम्याउने र संसद् तथा सरकारको जिम्मेवारीको विषय हो,” नेता केसीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “तर, किटानी संवैधानिक व्यवस्थाको गम्भीर उलग्घन गर्दै संवैधानिक राष्ट्रपतिले अस्वीकृत गर्नु संविधान र लोकतन्त्र, शक्ति सन्तुलन, नियन्त्रण र पृथकीकरण तथा संविधानवादको हुर्मत लिएको छ ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति