नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुदै

काठमाडौं, ३ असोज । साफ महिला च्याम्पियन्सिपको उपाधिको लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुदैछ ।

आज हुने खेल साझ ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेश जसले जिते पनि प्रतियोगिताले नया विजेता पाउनेछ । साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतको यात्रा यसपटक सेमिफाइनलमा टुंगिएको छ ।

नेपालले १–० ले हराउदै यसअघिको सबै संस्करणको विजेता भारतको चुनौती समाप्त पारेको थियो । त्यसअघि समूह चरणमा भारत बंगलादेशसंग ३–० ले पराजित भएको थियो ।

भारतमाथि जित निकाल्न सफल दुई टोलीबीच हुने यसपटकको फाइनल रोमाञ्चक हुने देखिएको छ । फाइनलसम्मको यात्रा तय गर्दा यी दुई टोलीले निराश हुनुपरेको छैन । सबै खेल जितेको मात्र होइन दुवै टोलीले अहिलेसम्म गोल खाएका छैनन् ।

नेपालले समूह चरणमा भुटानलाई ४–० र श्रीलंकालाई ६–० ले हराएको थियो । सेमिफाइनलमा बलियो भारतमाथि १–० को ऐतिहासिक जित निकालेको थियो । साफ च्याम्पियनसिपमा भारतविरुद्ध नेपालको त्यो नै पहिलो जित हो । अर्कोतर्फ सेमिफाइनलमा भुटानलाई ८–० ले हराउनुअघि बंगलादेशले समूह चरणमा माल्दिभ्सलाई ३–० र पाकिस्तानलाई ६–० ले हराएको थियो ।

भारतसंग समूह चरणको अन्तिम खेलमा बंगलादेशले ३–० को शानदार जित निकालेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति