जसपा सांसद अमृता अग्रहरि एमाले प्रवेश

काठमाडौं, २ असोज । प्रतिनिधिसभा सदस्य तथा जसपा नेतृ अमृता आग्रहरि एमाले प्रवेश गरेकी छन् । आइतबार एमाले पार्टी सचिवालयको बैठक चालिरहेका बेला उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् । 

गजेन्द्रनारायण सिंहको प्रेरणाबाट राजनीतिमा क्रियाशील रहेकी उनी लामो समयसम्म नोपल सदभावना पार्टीमा आबद्ध थिइन् । सद्‌भावना पार्टीमा उनी बद्री मण्डलको निकटस्थ रहेकी थिइन् । उनी समानुपातिकबाट सांसद बनेकी थिइन् ।  जसपाले यसअघि समानुपातिकबाट सांसद बनेकालाई यसपटक सिफारिस नगर्ने भएकाे छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति