‘नजरबन्द’मा राखेको प्रतिक्रियापछि राष्ट्रिय मानवअधिकार आयोगको टोली पुग्यो प्रधानन्यायाधीशकाे निवास

काठमाडौं, २ असोज । राष्ट्रिय मानवअधिकार आयोगको एक टोली अहिले बालुवाटारस्थित प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर जबराको निवासमा पुगेको छ । 

जबराले आफूलाई सरकारले ‘नजरबन्द’मा राखी बाहिर निस्कन नदिएको प्रतिक्रिया दिएपछि मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको हो ।  

‘प्रधानन्यायाधीशलाई घरबाट बाहिर निस्किन दिइएन भन्ने कुरा आयो, त्यसैले के भएको रहेछ भनेर बुझ्न हाम्रो टोली उहाँको निवासमा गएको हो,’ राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले न्युज कारखानासँग भने । 

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए । गएराति १२ बजेबाट सांसदको कार्यकाल सकिएपछि महाअभियोग निस्क्रिय भएको जनाउँदै उनले आजबाट काममा फर्कने तयारी गरेका थिए । 

तर सरकारले भने उनलाई काममा फर्किन नदिन ठूलो संख्यामा सुरक्षा कर्मी उनको निवासमा खटाएको छ  र उनलाई घरबाट बाहिर निस्कन दिएको छैन । यसैबीच राष्ट्रिय मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको हो ।  

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति