नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पुलिसलाई

काठमाडौँ, १ असोज । नवौँ राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले प्राप्त गरेको छ । राष्ट्रिय खेलकुदअन्तर्गत भएको ३४औँ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली सेनाको त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो स्वर्णमा आफ्नो नाम लेखाउन सफल भएको हो ।

वर्षाका कारण ८ ओभरमा छोट्याइएको प्रतियोगितामा सेनाले दिएको १०४ रनको लक्ष्य पुलिसले २ विकेटको क्षतिमा ७ बल बाँकी रहँदै भेट्यायो । पुलिसले ६.५ ओभरमा १०५ रन जोड्न सफल भयो । पुलिसका लागि म्यान अफ द म्याच कुशल भुर्तेलले ३ चौक र ६ छक्काको मद्धतले १९ बलमा ५१ रन जोडे । उनी जितेन्द्र मुखियाको एलबिडब्लू धरापमा परेर आउट भए ।

यस्तै, सुनिल धमलाले १७ बलमा ४२ रनल जोडे । ४२ रन बनाउने क्रममा २ चौका र ४ छक्का प्रहार गरे । यसैगरी, दिपेन्द्रसिंह एैरीले ४ बलमा ४ रन र आरिफ सेख १ बलमा ६ रनका साथ नटआउट रहे । सेनाका जितेन्द्र मुखिया र सुसन भारीले १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सेनाले निर्धारित ८ ओभरमा ७ विकेटको क्षतिमा १०३ रन जोडेको थियो । विनोद भण्डारीले १४ बलमा ४० रन, रोहित पौडेलले १० बलमा २८ रन, कुशल मल्लले १३ बलमा १३ रन र भीम सार्कीले ४ बलमा ११ रन जोडे । पुलिसका गुलशन झाले २, ललित राजबंशीले २, रशिद खान र दिपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । उपविजेता सेनाले रजत पदक प्राप्त गर्‍यो ।

तेश्रो स्थानका लागि सुदूरपश्चिम र एनआरएनएबीचको खेल वर्षाका करण हुन नसकेपछि टसबाट निर्णय गरिएको थियो । जसमा सुदूरपश्चिमले जित हात पार्दै कास्य पदक प्राप्त गर्न सफल भयो । विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ज्वाला लगयातले पुरस्कार वितरण गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति