प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ, ३१ भदौ । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दै छ ।

बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रियसभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आव २०७७/७८’ बैठकमा पेस गर्ने सम्भावित कार्यसूची छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने छन् ।

राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्दै छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति