युक्रेनको पूर्वी सहर इजियममा ४४० शव फेला

किभ, ३१ भदौ । युक्रेनी अधिकारीहरूले पूर्वी सहर इजियममा ४४० भन्दा बढी शवहरूको सामूहिक चिहान फेला पारेका बताएका छन् । उक्त सहर युक्रेनले रूसी सेनाबाट पुनः फिर्ता गरेको थियो ।

केही व्यक्तिहरू गोलाबारी र हवाई आक्रमणमा मारिएका एक क्षेत्रीय प्रहरी अधिकारीले बताए ।

प्रत्येक शवको फोरेन्सिक अनुसन्धान गरिने खार्किभ क्षेत्रका प्रमुख प्रहरी अन्वेषक सेर्ही बोल्भिनोभले बताए । ती शव निर्दोष सर्वसाधारणको हुन सक्ने अनुमान गरिएको छ । पछिल्लो समयमा युक्रेनले यसअघि रुसले कब्जा गरेका महत्वपूर्ण क्षेत्रलाई पुनः फिर्ता गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति