डेंगु फैलिएपछि काठमाडौं महानगरले सुरु गर्‍यो हटलाइन सेवा

काठमाडौँ, ३१ भदौ । डेंगु फैलिएपछि काठमाडौँ महानगरपालिकाले हटलाइन सेवा सुरु गरेको छ । महानगरका मेयर बालेन्द्र साह (बालेन)का अनुसार डेंगु संक्रमितका लागि २४ घन्टे हटलाइन सुरु भएको हो ।

डेंगु संक्रमित भए वा भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीबाट नै परामर्श लिन सकिने छ । आवश्यक परे १०२ मा फोन गरेरमहानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने छ ।

‘डेंगु जसरी समुदायमा फैलाएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको कुरा हामी सबैले अनुभव गरेको कुरा हो,’ उनले भनेका छन्, ‘यसका लागि महानगर पहिलेदेखि नै महानगरस्तरमा सक्रिय रहेको जानकारी गराउँदछौँ ।’

भइरहेका कार्यक्रमहरुलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरु पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग भइरहेको उनले बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति