सेनाले २२९ अधिकृत क्याडेटमा भर्ना खोल्यो

काठमाडौँ, ३१ भदौ । नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानी)मा भर्ना खोलेको छ । सेनाले लोकसेवा आयोगको सहमतिमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ सेनानी पदका लागि दरखास्त आव्हान गरेको हो ।

जसमध्ये खुलातर्फ ११७ सिट रहेको छ । महिलातर्फ २२, आदिवासी, जनजातितर्फ ३०,मधेसीतर्फ २८,दलिततर्फ १४ र पिछडिएका क्षेत्रतर्फ ७ सिट रहेको छ । बाँकी ११ सिट सैनिक तालिम वा कर्तव्य पालनाको क्रममा शारिरिक रुपमा अशक्त ज्यान गुमाएका सेनाका सन्ततीका लागि छुट्याइएको छ ।

भर्नाका लागि विभिन्न ८ ठाउँबाट दरखास्त दिन सकिने सेनाले जनाएको छ। आजदेखि असोज ३० सम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति