सबै माेबाईलमा दुरसञ्चारकाे एउटै म्यासेज: आखिर के हो एमडीएमएस ?

काठमाडौ, ३० भदौ । आज सबैको मोबाइलमा एउटै म्यासेज आइरहेको छ, “यो मोबाईल MDMS प्रणालीमा दर्ता भएको छ । – नेपाल दुरसञ्चार प्राधिकरण”

नेपाल दुरसञ्चार प्राधिकरणले आज भदौ ३० गते, बिहीबारदेखि नेपालमा चलाइरहेका सबै मोबाइल सेट स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाएको छ ।

आज अर्थात् ३० भदौ पश्चात विदेशबाट व्यक्तिगत तवरले ल्याएका मोबाइल सेटलाई अनिवार्य रुपमा एमडिएमएस प्रविधिमा दर्ता गर्नुपर्नेछ । अर्थात एमडिएमएसमा दर्ता नभएका मोबाइल सेटले काम गर्ने छैनन् ।

यही कारण प्राधिकरणले आज पछि खरिद गरेका मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए नभएको एकिन गर्न आग्रह गरेको छ । मोबाइल व्यापारीहरूलाई पनि मोबाइल आयात गर्दा प्राधिकरणको स्वीकृति लिन आग्रह गरेको छ ।

के हो एमडीएमएस ?
मोबाइलको ह्यान्डसेटलाई व्यवस्थित गर्ने प्रविधिलाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भनिन्छ । यसले नेपालमा भित्रिएका वैधानिक अवैधानिक मोबाइल सेटहरूको पहिचाहन प्रदान गर्दछ । नेपालमा भित्रिएका मोबाइल सेटहरूको रेकर्ड राखि राजस्व छली गर्ने, मोबाइल हराउने र चोरी हुने क्रमलाई रोक्न मद्धत गर्दछ । यसले मोबाइल सेटहरूको परिचय दिने आइएमआई नम्बर दर्ता गरी ह्याण्डसेट मोबाइलहरूको जानकारी दिने गर्दछ ।

यस सिस्टममा १० करोड आईएमआई नम्बर दर्ता हुनेछन् र यसैका आधारमा तीन सूची निर्माण गरी ह्वाइटलिस्ट, ग्रेलिस्ट र ब्ल्याकलिस्टमा ह्यान्डसेट मोबाइलको वैधानिकता निर्धारण गर्नेछ । ह्वाइटलिस्टका सेटहरू प्रयोग गर्न पाइने वैधानिक मानिन्छन् भने ब्ल्याकलिस्टमा हराएका, चोरी भएका, उजुरी परेर छानबिन हुँदै गरेका अवैध नम्बर र शंकास्पद नम्बर ग्रेलिस्टमा राखिने प्राधिकरणले जनाएको छ ।

नेपालमा एमडीएमएस प्रणाली लागु भएको खण्डमा चोरीपैठारीबाट आउने र कर नतिरी आउने क्रम कम हुने हुनाले सरकारको राजस्वलाई फाइदा हुने व्यवसायीहरूले बताउँदै आएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति