जनताले माओवादीको हातमा देशको चाबी दिनेछन् – प्रचण्ड

काठमाडौं ३० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एकतावद्ध भएर लाग्नुपर्ने बताएका छन्।
स्थानीय चुनावमा पार्टीभित्र र गठबन्धनबाट प्राप्त शिक्षा र अनुभवसहित मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा चुनावको तयारीमा लाग्नुपर्ने उनले बताए।
पोस्टबहादुर बोगटीको स्मृतिमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी कमजोर हुँदा देशमा आएका परिवर्तनहरूको रक्षा गर्न गाह्रो पर्ने पनि बताए।

उनले जनताले माओवादीलाई फेरि देश चलाउने चाबी दिन चाहेको बताए।
‘जनता अहिले पनि माओवादीको हातमा देशको चाबी दिन चाहन्छन्,’ उनले भने, ‘देशको राजनीति कता जाने माओवादीले चाहेजस्तो हुने देखिन्छ।’
उनले पार्टी एकतावद्ध भई नेताहरू जनताका बीचमा जानुपर्ने पनि बताए। ‘यसो गरियो भने हामी देशको एक नम्बर कम्युनिष्ट पार्टी हुन्छौं,’ उनले भने।

उनले टिकट पाउने उम्मेदवार व्यक्ति मात्र नभई त्यो पार्टी हुने बताएका थिए। टिकट पाएकालाई जिताउन सबै लाग्नुपर्ने उनले बताए। तर स्वार्थका कारण उम्मेदवारले सहयोग नपाएको अवस्था रहेको उनको भनाइ थियो।
‘आफ्नो स्वार्थ र हितलाई सर्वोपरि ठाने पार्टी कमजोर हुन्छ। देश पनि कमजोर हुन्छ,’ उनले भने, ‘संविधान नै प्रतिगमनतिर जाने खतरा हुन्छ।’
उनले आफू जनयुद्धमाभन्दा पनि अहिले पार्टीका लागि खटिरहेको र अरू नेता तथा कार्यकर्ताहरू पनि पार्टी काममा खट्नुपर्ने बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति