रियल मड्रिडको लगातार दोस्रो जित

काठमाडौँ, ३० भदौ । आरबी लाइपजिगलाई २–० ले पराजित गर्दै स्पेनिस क्लब रियल युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ ।

जर्मन प्रतिद्वन्द्वी लाइपजिगविरुद्ध रियलको जितमा फेडरिको भाल्भेर्डे र मार्को एसेन्सियोले गोल गरे । खेलको ८०औँ मिनेटमा भाल्भेर्डेले रियललाई १–० को अग्रता दिलाए । इन्ज्युरी समयमा एसेन्सियोले गोल गर्दै रियलको जित निश्चित गरे ।

समूह ‘एफ’ को अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र स्कटिस क्लब सेल्टिकले १–१ गोलको बराबरी खेले ।

जितसँगै रियल दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अपराजित सेल्टिक ४ अंक जोडेर दोस्रो स्थानमा छ । एक अंक जोडेको सेल्टिक तेस्रो स्थानमा रहँदा लाइपजिगले अंक खाता खोल्न सकेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति