परराष्ट्रमन्त्री खड्का एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने

काठमाडौँ, ३० भदौ । परराष्ट्रमन्त्री डा.नारायण खड्का बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्यष्टिमा सहभागी हुन बेलायत जाने भएका छन् ।

एलिजाबेथको अन्त्येष्टि असोज ३ गते बेलायतमा विशेष समारोहबीच हुँदै छ । अन्त्येष्टिमा सहभागी हुन नेपालको तर्फबाट परराष्ट्रमन्त्रीको नेतृत्वमा सानो टोली जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

अन्त्येष्टि समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य पनि सहभागी हुने छन् ।

एलिजाबेथको मृत्यु ९६ वर्षको उमेरमा यही भदौ २३ गते भएको थियो ।

एलिजाबेथको अन्त्येष्टिमा विभिन्न देशका राष्ट्रध्यक्ष, सरकार प्रमुख र परराष्ट्रमन्त्री सहभागी हुने छन् ।

बेलायत नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको पहिलो राष्ट्र हो । नेपाल र बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति