मन्त्री राईको चेतावनी- निर्माण कार्य अधुरो छाड्नेलाई कारबाही हुन्छ

बाँके, २९ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले निर्माण कार्य अधुरो छोड्ने निर्माण कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

बाँकेको जानकी गाउँपालिका–३ ईन्द्रपुरमा बुधबार हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज–गुलरिया सडकखण्डको स्तरोन्नतिको शिलान्यास गर्दै मन्त्री राईले समयमै निर्माणकार्य नसक्ने कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

‘वर्षौसम्म सडक निर्माण कार्य पूरा नहुँदा आमनागरिकमा नकारात्मक प्रभाव परेको छ,’ उनले भने । उक्त सडकखण्डको गुलरिया र खजुरामा चार लेन सडक निर्माणमा ढिलाई भएकोप्रति गुनासो आएपछि मन्त्री राईले २४ घण्टे स्पष्टीकरण पठाउन मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक लगायत कर्मचारीलाई निर्देशन दिएका छन् ।

स्पष्टिकरणपत्र प्राप्त भएपछि ठेक्का सम्झौता रद्द गर्नेसम्मको कारबाही गर्न उनले निर्देशन दिए । मन्त्री राईले शिलान्यास गरेको सडक ३२।९ किलोमिटर लम्वाई रहेको छ । जसमध्ये २२।७ किलोमिटर चार लेन र १०।२ किलोमिटर दुई लेन निर्माण गरिनेछ ।
यस सडकमध्ये १।८ किलोमिटर चार लेन सडक निर्माण भइरहेकाले ३१।१ किलोमिटर सडक स्तरोन्नति हुनेछ । वस्ती भएको क्षेत्रमा चार लेन र बाँकी क्षेत्रमा दुई लेन सडकको रुपमा स्तरोन्नति गर्ने बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति