देशभर डेंगु संक्रमित ११ हजार नाघे

काठमाडौं, २९ भदौ । नेपालमा डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म डेंगु संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ११ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सातवटै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ ।

जसअनुसार प्रदेश १ मा ३४७, मधेश प्रदेशमा १९८, बागमतीमा ८३९०, गण्डकीमा २२४, लुम्बिनीमा १४२१, कर्णालीमा १६२ र सुदूरपश्चिममा ३२३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति