महिला साफ च्याम्पियनसिप फुटबल समूह चरणका अन्तिम दुई खेलहरु हुदै

काठमाडौं, २८ भदौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह ए को समूह चरणका अन्तिम दुई खेलहरु हुदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउसो १ बजे सुरु हुने पहिलो खेलमा माल्दिभ्स र पाकिस्तान भिड्ने छन् ।
दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । आज जित निकाल्दै दुबै टोली प्रतियोगिताको सुखद अन्त्यको योजनामा हुनेछ ।

यस्तै दोस्रो खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । यस खेल साँझ ५.३० मा सुरु हुनेछ । भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ । तर, यस खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ । समूह बी बाट नेपाल र भुटानले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति