नेपाल प्रहरी भन्छ– बालबालिका चोरी भइरहेको हल्ला अफवाह मात्रै हो

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीले नेपालमा बच्चा चोरी भइरहेको कुरा भ्रामक रहेको जनाएको छ । एक सूचना जारी गर्दै नेपालमा पछिल्लो समय बच्चाहरूको चोरी भइरहेको भन्ने हल्ला भ्रामक रहेको जनाएको हो ।

पछिल्लो समय विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा भारतबाट आएकाहरूले नेपालमा बच्चा चोरी गरिरहेको भन्दै भ्रम फैलाएपछि प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटीले एक सूचना जारी गर्दै त्यस्ता भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ । त्यस्ता घटनाबारे अहिलेसम्म उजुरी प्राप्त नभएको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति