एक किलो अवैध लागूऔषध पोल्याण्ड सहित दुई जना पक्राउ

भक्तपुर, २७ भदौ । भक्तपुर नगरपालिका–६ महालक्ष्मीबाट करिब १ किलोग्राम अवैध लागूऔषध पोल्याण्ड सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका–८ घर भई काठमाडौं बालाजु बस्ने ३० वर्षीय सुनिल स्याङतान र मकवानपुर थाहा नगरपालिका–७ घर भई काठमाडौं नैकाप बस्ने १७ वर्षीय किशोर रहेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२–०२० प ४८०३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पोल्याण्ड सहित फेला पारी मोटरसाइकल चालक सुनिल र मोटरसाइकलमा सवार किशोरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति