पपुवा न्युगिनीमा भूकम्पः कम्तीमा ५ जनाको मृत्यु

एजेन्सी, २७ भदौ । पपुवा न्युगिनीमा आएको शक्तिशाली भूकम्पमा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ । आइतबार बिहान आएको ७ दशमलब ६ म्याग्निच्युडको भूकम्पमा धेरै घरहरु भत्किएका छन् । भूकम्पपछि केही सडक खण्डमा धाँजा फाटेका छन् भने पहाडमा पहिरो गएको छ ।

संसद् सदस्य केसी सवाङले दुर्गम पहाडी गाउँमा कम्तीमा दुई जनाको ज्यान गएको र अन्य चारजनालाई गम्भीर अवस्थामा हेलिकोप्टरबाट अस्पताल लगिएको जानकारी दिए । नजिकैको वाउमा कोरगांको एउटा खानीमा पुरिएर तीन जना कामदारको मृत्यु भएको छ ।

‘त्यहाँ व्यापक क्षति भएको छ’, केसी सवाङले भने, ‘पहिरोले घरहरू पुरिएका छन् । एउटा गाउँसँगको सम्पर्कविच्छेद भएको छ ।’ भूकम्पले गरेको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी नै छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति