महानगरले खाली गर्‍यो भाटभटेनीको बे‍समेन्ट

काठमाडौं, २६ भदौ । काठमाडौं महानगरपालिकाले कोटेश्वरस्थित भाटभटेनी बेसमेन्ट खाली गरेको छ। पार्किङको लागि स्वीकृत लिएर केही ठाउँमा व्यवसाय हुँदै आएकाले ती संरचना हटाइएको काठमाडौंका नगर प्रहरी उपरीक्षक मनोज लामिछानेले जानकारी दिए।

उनका अनुसार पार्किङको केही हिस्सामा तरकारी तथा फलफुल प्याकिङ लगायत अन्य व्यवसाय सञ्चालन हुँदै आएको थियो। प्रहरी उपरीक्षक लामिछानेले अन्य प्रयोजन गरेका कारण बेसमेन्ट खाली गरिएको बताए।

यस्तै यसपछि तीनकुने एरियामा समेत जाने बताए।‘त्यहाँ फुटपाथ मिचेर भर्‍याङ हालिएको छ,’ उनले‍ भने‍, त्यो पनि हामी हटाउने छौं।पछिल्लो समय महानगरले अनधिकृत रूपमा बनाइएका संरचनाहरू भत्काउने र नक्साविपरित बनाइएका संरसचना हटाउने कामलाई तीव्रता दिँदै आएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति