ट्रसको मन्त्रिपरिषद्‍मा चार अश्वेत नेतालाई महत्वपूर्ण जिम्मेवारी

लन्डन, २६ भदौ । नयाँ बेलायती प्रधानमन्त्री लिज ट्रसले गठन गरेको मन्त्रिपरिषद्‍मा छनोट गरेका छन्, जहाँ पहिलो पटक अश्वेतलाई महत्वपूर्ण मन्त्रालयको जिम्मा दिइएको छ ।

ट्रसले क्वासी क्वार्टेङलाई पहिलो अश्वेत अर्थमन्त्रीको रूपमा नियुक्त गरेकी छन् । उनका आमाबाबु सन् १९६० को दशकमा घानाबाट आएका थिए । त्यस्तै, जेम्स क्लिभरली पहिलो अश्वेत विदेशमन्त्री बनेका छन् ।

क्लिभरलीकी आमा सियरा लियोनकी हुन् भने बुबा अश्वेत हुन् । उनले विगतमा अश्वेत मतदाताहरूलाई आकर्षित गर्न पार्टीले अझ धेरै गर्न आवश्यक भएको बताएका थिए ।

त्यस्तै, अश्वेत समुदायकै प्रतिनिधत्व गर्ने सुएला ब्रेभरम्यानलाई गृह मन्त्रालयको जिम्मा दिइएको छ । उनका आमाबाबु केन्या र मरिससका हुन् ।

ट्रस मंगलबार मात्र देशको प्रधानमन्त्री बनेकी थिइन् । उनी देशकै तेस्रो महिला प्रधानमन्त्री हुन् । यसैबीच, निवर्तमान प्रधानमन्त्री बोरिस जोनसनले आफ्ना उत्तराधिकारी लिज ट्रसलाई समर्थन गर्ने बाचा गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति