डोटीमा सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार

डोटी, २६ भदौ । डोटीमा एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । उच्च रक्तश्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका–३ घाङ्गलकी ३० वर्षीया विष्नादेवी रोकामगरको हेलिकोप्टरबाट उद्धार सेनाले जनाएको छ ।

बिहीबार बेलुका मगरले सामुदायिक स्वास्थ्य इकाई मुलेचौरमा मृत शिशुलाई जन्म दिएकी थिइन् । उच्च रक्तश्राव भएपछि थप उपचारका लागि नेपाली सेनाको एन ए ०६१ कल साइनको हेलिकोप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको भैरव प्रसाद गण डोटीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति