बेलायती महारानीको निधनमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने

काठमाडौँ, २५ भदौ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएकोमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने भएको छ ।

सरकारले सरकारले आगामी सेप्टेम्बर ११ मा एक दिने राष्ट्रिय शोक मनाउने भएको हो । महारानीप्रति सम्मान व्यक्त गर्न सरकारले एक दिने राष्ट्रिय शोक मनाउने निर्णय गरेको भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सेप्टम्बर ११ मा भारतभर र विदेशस्थित भारतीय नियोगमा भारतीय झन्डा आधा झुकाइने विज्ञप्तिमा उल्लेख छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महारानीको निधनप्रति गहिरो शोक व्यक्त गरेका थिए ।

महारानीको निधनप्रति विश्वका नेताले शोक व्यक्त गरेका छन् । महारानी एलिजावेथ द्वितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति