राजाका रूपमा पहिलोपटक बकिङ्घम प्यालेसमा प्रवेश गरे चार्ल्स तृतीय

काठमाडौँ, २५ भदौ । बेलायतका राजा चार्ल्स तृतीय राजाको रूपमा पहिलोपटक बकिङ्घम प्यालेसमा प्रवेश गरेका छन् । उनी पत्नी क्यामिलासहित दरबारमा आइपुग्दा सयौँको भीडले उनको स्वागत गरेको थियो ।

सो भीड नयाँ राजाको स्वागत दरबारबाहिर उभिएको थियो ।

बिहीबार उनकी आमा एलिजाबेथ द्वितीयको निधन भएपछि चार्ल्स राजा बनेका हुन् ।

उनी बकिङ्घम प्यालेसमा प्रवेश गर्दा ‘राजा जिन्दावाद’ को नारा लागेको थियो भने मानिसहरूले ताली पिटेका थिए ।

त्यसलगत्तै राजा चार्ल्सले प्रधानमन्त्री लिज ट्रसलाई भेट दिएका छन् । चार्ल्सलाई शनिबार बिहान औपचारिक रूपमा राजा घोषित गर्ने कार्यक्रम छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति