बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनमा ३ दिन शोक मनाउने

काठमाडौं । नेपाल सरकारले बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ द्धितीयको गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ ।

महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति