साफ च्याम्पियनसिपमा भारतविरुद्ध नेपालको जित

काठमाडौं, २४ भदौ । श्रीलंकामा जारी यू-१७ साफ च्याम्पियनसिपमा नेपालले भारतलाई ३–१ गोलले पराजित गरेको छ । पहिलो हाफमा भारतसँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो हाफमा दुई गोल थप्दै जित निकालेको हो ।

श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न खेलमा एक गालले पछि परेको अवस्थाबाट नेपालले पहिलो हाफमा बराबरी गरेको थियो ।

खेलको २५औं मिनेटमा डेनी मैतेइलले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको निर्धारित समयको एक मिनेट बाँकी रहँदा नेपालका सरोज दर्लामीले गोल फर्काएका थिए ।

खेलको दोस्रो हाफमा नेपालका लागि उनेश बुढाथोकी र सुवास बमले गरेका थिए । खेलको ४९औं मिनेटमा गोल गर्दै उनेशले अग्रता दिलाएका थिए भने ६७औं मिनेटमा गोल गर्दै सुवासले अग्रतालाई ३–० मा पुर्‍याएका थिए ।

आजको खेलमा जित निकालेसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति