काठमाडौँ उपत्यकामा एकैदिन ४ हजार ११ जना सवारी चालकमाथि कारबाही

काठमाडौँ, २२ भदौ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन ४ हजार ११ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा पादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३८, लेन अनुशासन पालना नगर्ने ३३१, रेड लाइटमा सवारी साधन चलाउने ७६, निषेधित क्षेत्रमा हर्न बजाउने २१६ र नम्बर प्लेट राम्रोसँग नराख्ने ४२ जना सवारी चालक रहेका छन् ।

यस्तै, ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार २०८ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति