उपत्यकामा एकैदिन ३८ सय सवारी चालकमाथि कारबाही

काठमाडौँ, २१ भदौ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन ३ हजार ८ सय जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १५६, लेन अनुशासन पालना नगर्ने १३५, रेड लाइटमा सवारी साधन चलाउने ९५, निषेधित क्षेत्रमा हर्न बजाउने २४१, नम्बर प्लेट राम्रोसँग नराख्ने ३२ जना सवारी चालक रहेका छन् ।

यस्तै ३ हजार १४१ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति