भारतीय सेनाध्यक्ष पाण्डेले प्रधानमन्त्रीसँग भेट गर्दै

काठमाडौँ, २१ भदौ । भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्दै छन् । अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उनले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

पाँच दिने भ्रमणका क्रममा पाण्डेले त्यसअघि आज बिहान माउन्टेन फ्लाइट गर्ने कार्यक्रम रहेको छ ।

उनले शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ ।

आज साँझ उनी पशुपतिनाथको दर्शनमा जाने कार्यक्रम छ ।

पाण्डेलाई हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति