नेकपा एसका केन्द्रीय सदस्य खनाल र गुल्मी अध्यक्ष भण्डारी एमालेमा प्रवेश

गुल्मी, २० भदौ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जिल्ला गणेश खनाल र समाजवादी गुल्मी अध्यक्ष नरेश भण्डारी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले गुल्मी जिल्ला कमिटीले सोमबार तम्घासमा आयोजना गरेको कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट लगायतका नेताहरूले खनाल, भण्डारीसहित नेकपा एसका जिल्ला नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराएका हुन् ।

एमालेमा प्रवेश गर्नेहरुमा खनाल, भण्डारीसहित युवा संघका केन्द्रीय सचिव हिमाल थापा, प्रदेश कमिटी सदस्य मदन विष्ट, जिल्ला कमिटी सचिवालय सदस्य मदनदीप घिमिरे, जिल्ला कमिटी सदस्य हरि कुँवर, जिल्ला कमिटी सदस्य बिष्णुप्रसाद भण्डारी, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रामुजङ्ग कँडेल, जिल्ला कमिटी सदस्य यमबहादुर खत्री र अनेरास्ववियूका जिल्ला उपाध्यक्ष निलकण्ठ पाण्डे लगायत रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति