गम्बु शेर्पाले थाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

ओखलढुंगा । खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालेका छन् ।

निर्वाचनका बेला सामाजिक सुरक्षा भत्ता वडा वडामै वितरण गर्ने उनको प्रतिवद्धतालाई व्यवहारमा उतार्दै अध्यक्ष शेर्पाले आजदेखि सो अभियान थालेका हुन् ।

सोमबार वडा नं. ६ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ ।

सुरक्षा भत्ता वितरणका लागि खिजीफलाटे बजारमा संचालित मेघा बैंकका मेनेजर दुर्गा कार्की र सुरक्षाकर्मीको टोलीसहित अध्यक्ष शेर्पा वडा नं. ६ को कार्यालय पुगेका हुन् ।

भौगोलिक विकटताले गर्दा भत्ता लिनका लागि असहज भइरहेका बेला अध्यक्ष शेर्पाको नेतृत्वमा भत्ता वडाबाटै वितरणको थालनीले सहज भएको वृद्धवृद्धाहरुले बताएका छन् ।

अध्यक्ष शेर्पाले अन्य वडाहरुमा पनि निरन्तर रुपमा भत्ता वितरण गरिने जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति