सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

काठमाडौँ, २० भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँड गर्न गठित कार्यदलको बैठक आज बस्दै छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

आइबार बसेको बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँड टुङ्याउने गरी तयारी गरेको जनाएको छ ।

सिट बाँडफाँड गर्दा सबै दलका लागि न्यायोचित, सम्मानजनक र ‘विन विन’ हुनेगरी निर्णय लिइने उनले बताए ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको सहभागिता थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति